तीन वर्षभित्र नेपालमा बालश्रम अन्त्य हुने श्रममन्त्री श्रेष्ठको दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन वर्षभित्र नेपालमा बालश्रम अन्त्य हुने श्रममन्त्री श्रेष्ठको दाबी


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सन् २०२५ सम्म नेपालमा सबै प्रकारका बालश्रम अन्त्य हुने बताएका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई मंगलबार भर्चुअल रूपमा सम्बोधन गर्दै उनले बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्ण रूपमा उन्मुलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताए।

‘सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको छ,’ उनले भने।

आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले काम गरिरहेको उनले बताए।

आप्रवासी कामदारले गन्तव्य तथा सम्बद्ध मुलुकमा मानवअधिकार तथा समानताको सुनिश्चितता हुनुपर्ने उनले बताए।

नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे पनि सम्मेलनमा जानकारी गराएका थिए।

नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडि बढाएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस