राप्रपाका अध्यक्ष लिङ्देनले तोके पाँच विभाग प्रमुख « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राप्रपाका अध्यक्ष लिङ्देनले तोके पाँच विभाग प्रमुख


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पाँच विभागमा प्रमुख तोकेका छन्।

राजनीतिक विभाग प्रमुखको जिम्मेवारीमा उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको छ।

प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई तोकिएको राप्रपाले जनाएको छ।

सङ्गठन विभाग प्रमुख भने महामन्त्री धवलशम्शेर राणाले पाएका छन्।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्का महामन्त्री भुवनकुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा रामप्रसाद उप्रेतीलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस