करोडौं घुस खाएर औषधि व्यवस्था विभाग भन्सार र मालपोत बनेको सांसद सुवालको टिप्पणी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

करोडौं घुस खाएर औषधि व्यवस्था विभाग भन्सार र मालपोत बनेको सांसद सुवालको टिप्पणी


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । औषधि व्यवस्था विभागको कामकारबाही माथि संसदमा प्रश्न उठेको छ ।

आम नागरिकको स्वास्थ्यसँग जोडिएको विभागले गर्ने कामकारबाहीप्रति संसदमा प्रश्न उठेको हो ।

सांसद प्रेम सुवालले करोडौं घुस खाने औषधि व्यवस्था विभाग नयाँ भन्सारका रूपमा परिणत भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘एउटा औषधि व्यवस्था विभाग छ, सभामुख महोदय । बिरामीलाई आवश्यक गुणस्तरीय औषधि ल्याउन करोडौं करोड घुस खाने नत्र ल्याउन नदिने औषधि व्यवस्था विभाग छ । त्यो अहिले नयाँ भन्सार र नयाँ मालपोत कार्यालय जस्तो भयो भनेर बिरामीहरूको गुनासो छ । प्रधानमन्त्रीको विश्वासपात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुने तर औषधि व्यवस्था विभागको यो अराजक र कमिसनको खेल किन रोकिएन भन्ने जनताको प्रश्न छ’

Tags :
प्रतिक्रिया दिनुहोस