विश्व बैङ्कबाट समावेशी विकासको लागि १२ अर्ब ऋण लिइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व बैङ्कबाट समावेशी विकासको लागि १२ अर्ब ऋण लिइने


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले विश्व बैङ्कबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

‘विश्व बैङ्कबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १०० मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिँदै गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस