२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिया घटनामा आदेश बिना प्रहरीले गोली चलाएको पाइयो : गृहमन्त्री खाँण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश बिना नै प्रहरीको गोली चलाएको बताएका छन् ।

बर्दिया घटनाको जानकारी दिने क्रममा प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा गृहमन्त्री खाँणले प्रहरीले गोली चलाएको भए पनि गृह मन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराएको बताए ।

‘गोली चलाउने आदेश छँदै छैन, नागरिक प्रदर्शनमा कमभन्दा कम बल प्रयोग गर्नु भन्ने निर्देशन गृह मन्त्रालयबाट भएको छ,’ गृहमन्त्री खाँणले भने, ‘प्रमुख जिल्ला अधिकारीबाट पनि गोली चलाउने आदेश भएको छैन भनिएको छ । नबिना चौधरीको मृत्यु भएको छ । कसको आदेशमा गोली चल्यो, कसरी मृत्यु हुने अवस्था निर्माण भयो ? यथार्थ छानबिनका लागि गृह मन्त्रालयबाट छानबिन समिति गठन भएको छ ।’

सम्बन्धित समाचार : बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

उनले घटनाको विवरण बुझाउने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका घाइते बाघको नियन्त्रण गर्नुपर्ने, वन्यजन्तुबाट बारम्बार हुने आक्रमणबाट बच्न आवश्यक पूर्वाधार बनाउनुपर्ने माग गर्दै आन्दोलन हुँदा सडक अवरुद्ध भएको अवस्थामा घटना घटेको बताए ।

‘यात्रुहरूबाट सडक खोल्नुपर्ने दबाब र आन्दोलनकारीको आक्रोशको बीचमा प्रहरी परेका देखिन्छ,’ खाँणले भने, ‘तर, गोली चलाउने अवस्था कसरी आयो र विना आदेश गोली कसरी चल्यो भन्ने छानबिनबाटै देखिन्छ ।’

उनले छानबिन प्रतिवेदनपछि सरकारले गल्ती भएको ठाउँमा सच्याउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने र पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्ने जानकारी संसदमा गराएका छन् ।

प्रतिक्रिया दिनुहोस