बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ मा हिजो (सोमबार) प्रहरीको गोलीबाट नबिना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार : युवतीको मृत्युपछि बर्दियामा बिहानैदेखि प्रदर्शन

Tags :
प्रतिक्रिया दिनुहोस