दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सातामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सरकारले जेठ १ बाट लागू हुने गरी शनिवार र आइतबारको सार्वजनिक बिदाले दूरगामी असर पार्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर रिटमा अध्ययनबिना हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जटिलता देखिएको भन्दै त्यसको खारेजी माग गरिएको छ । रिटमा भनिएको छ यति ठुलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा, सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दूरगामी असरलाई निचोरेर नहेरी, यसको विश्लेषणात्मक अध्ययन अनुसन्धानविनै हचुवाको भरमा हप्तामा दुई दिन बिदा घोषणा गरिएको अवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस