पूर्व सहमति अनुरूप नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागिएको हो : खनाल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पूर्व सहमति अनुरूप नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागिएको हो : खनाल


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व सहमति अनुरूप नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागेको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरू कुनै तागतले गर्न नसक्ने बताए । उनले छ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्व सहमति गरिएको स्पष्ट पारे ।

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काँग्रेस भित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस