२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानले दियो नेपाललाई ६७ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।

भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाइन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।

नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनीषा कुमारी उपाध्यायले २-२ विकेट लिए । नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

नेपाल २ खेल २ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।

भुटानले अघिल्ला दुई खेल हारेको थियो । अङ्क विहीन भुटान पुछारमा रहेको छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।

अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।