इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द नगरे अवज्ञा हुने थापाको चेतावनी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द नगरे अवज्ञा हुने थापाको चेतावनी


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार)को बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए ।

सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढङ्गले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस