यौन दुर्व्यवहार : सर्वनामका वार्डेन बस्नेतलाई आज अदालत लगिँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यौन दुर्व्यवहार : सर्वनामका वार्डेन बस्नेतलाई आज अदालत लगिँदै


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिने भएको छ। 

हिजो र अस्ति सार्वजनिक बिदा भएकाले आज अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडी बढाइने महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।

शिक्षालयका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि फरार रहेका बस्नेतलाई रामेछापमा पक्राउ गरी शनिबार राती काठमाडौँ ल्याइएको थियो। 

वार्डेन बस्नेतविरुद्ध प्रहरीवृत्त बौद्धमा तीन वटा किटानी जाहेरी परेको बताइएको छ।  शनिबार वार्डेन बस्नेतले तीन जना १२, १३ र १५ वर्षका छात्राहरूले यौन दुर्व्यवहार भएको मौखिक उजुरी दिएका थिए। 

होस्टेलमा बस्ने छात्राहरूलाई वार्डेन बस्नेतले अश्लील भिडियो देखाउने, संवेदनशील अङ्गहरूमा छुने लगायतका कार्य गर्ने गरेको अभिभावकहरूको आरोप  छ।  घटना सार्वजनिक भएपछि अभिभावकहरू शनिबार होस्टेलमै पुगेका थिए। तर, शिक्षालयबाट उपयुक्त जवाफ नआएको भन्दै उनीहरुले वार्डेनलाई कारबाहीको माग राखेर नाराबाजीमै उत्रिएका थिए।  

अनुसन्धानका क्रममा पक्राउ परेका शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमती भने तारेखमा छुटेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस