यू-१९ विश्वकप छनोट : नेपाल र भुटान भिड्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

यू-१९ विश्वकप छनोट : नेपाल र भुटान भिड्दै


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ। आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज सोमबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको किनरारा ओभलमा नेपालले तेस्रो खेलमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।

नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको छ ।

नेपाल २ खेल २ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान भने पहिलो जितको खोजीमा रहेको छ । भुटानले अघिल्ला दुई खेल हारेको थियो । अङ्क विहीन भुटान पुछारमा रहेको छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् । अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस