इन्डक्सन चुलो वितरण कार्यक्रम भोटका लागि घोषणा गरिएको होइन : अर्थमन्त्री « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

इन्डक्सन चुलो वितरण कार्यक्रम भोटका लागि घोषणा गरिएको होइन : अर्थमन्त्री


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय इन्डक्सन चुलो भोटका लागि घोषणा नगरिएको बताएका छन् ।

बजेट छलफलमा उठेका प्रश्नको आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने बताएका हुन् ।

इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई पनि सो कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे ।

सरकारले विद्युतीय सवारी साधनको कर कुनै स्वार्थका लागि नबढाएको समेत अर्थमन्त्री शर्माको जिकिर थियो ।

मुलुकको आवश्यकतालाई हेरेर विद्युतीय निजी सवारी साधनमा कर वृद्धि गर्नु परेको उनले बताए ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने जनाएको छ ।

सरकार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने जनाएको छ ।

त्यस्तै सरकारले धूवाँमुक्त भान्साअन्तर्गत सुधारिएको चुलो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिइने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस