राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव पेस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव पेस


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभामा ‘यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा” सङ्कल्प प्रस्ताव पेस भएको छ ।

सांसद कमला पन्तले पेस गरेको सो सङ्कल्प प्रस्तावमा सांसदहरु विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए ।

प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेश कुमार आलेले सङ्कल्प प्रस्तावको समर्थन गर्दै अपराधको मुख्य कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा जोड दिए ।

अर्का सांसद भैरव सुन्दर श्रेष्ठले संविधानसँग बाझिएका ऐनहरु संशोधन गर्दै बाल यौन हिंसा जस्ता अपराधलाई जघन्य अपराधको रुपमा लिनुपर्ने बताए ।

सांसद सुमित्रा विसीले महिलाहरु आफ्नै घरभित्र असुरक्षित रहेको सन्दर्भ उल्लेख गर्दै बाल यौन हिंसाबारे कडा कानुनको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

सांसद गोमादेवी तिमिल्सिनाले अपराधी नछुट्ने र निर्दोष नफस्ने गरी यौन अपराध सम्बन्धी कानुनको संशोधन गर्नुपर्ने बताइन् ।

सांसदहरु दिलकुमारी रावल थापा, जयन्तीदेवी राई, उर्मिला अर्याल र नरपती लोहारले यौन अपराध विरुद्ध उजुरी हदम्याद हटाउनुपर्नेमा माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस