राप्रपा हाम्रो बाटोमा आउन लाग्यो : कमल थापा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राप्रपा हाम्रो बाटोमा आउन लाग्यो : कमल थापा


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो मातृपार्टी राप्रपा पनि आफ्नो बाटोमा आउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।

राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याएपछि थापाले सो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७० सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्रमार्फत सार्वजनिक गरेको बताएका छन् । पार्टी एकीकरणपछि त्यो एजेन्डा त्याग्न राप्रपा बाध्य भएको उनको भनाइ छ ।

‘अहिले पुन: राप्रपा नेपालको बाटोमा राप्रपा आउन लागेको (?) मा खुसी लागेको छ,’ थापाले भनेका छन् ।

राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजाको अभिभावकत्वमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने निर्णय लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस