पल शाहको मुद्दामा बहस सकियो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पल शाहको मुद्दामा बहस सकियो


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ ।

अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ ।

जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

त्यसमा आज भएको सुनवाइमा शाहको तर्फबाट पाँच जना र ‘पीडित’ को तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एक जना सरकारी वकिलले बहस गरेका हुन् ।

यसअघि जिल्ला अदालतमा पीडित नाबालिगको तर्फबाट दर्जनौँ कानुन व्यवसायीहरूले बहस गरेका थिए । तर, पीडितले बयान फेरेसँगै उनीहरू सबैले मुद्दाबाट हात झिकेका छन् ।

आज शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदिश पाण्डे र मिलनध्वज शाहीले बहस गरे । जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरे ।

बहस सकिएकाले आजै न्यायाधीशले आदेश सुनाउने छन् । शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छाड्ने तीन विकल्प छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस