मुक्तिनाथलाई भेटी अब बैङ्क खातामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुक्तिनाथलाई भेटी अब बैङ्क खातामा


१९ जेष्ठ २०७९, बिहिबार


बलेवा । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैङ्क खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ ।

प्रभु बैङ्कले क्युआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्द्धन गरिएको हो ।

नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नेपालको बैङ्किङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सरलता र सहजता आएको बताए ।

उनले प्रभु बैङ्क र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको बताए ।

प्रभु बैङ्कका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैङ्कले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम बैङ्किङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

उनले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको बताए ।

प्रायः मठमन्दिरमा चढ्ने भेटिका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैङ्कको बुझाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस