विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलवार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस