२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष थापाद्वारा वैकल्पिक मार्गचित्र प्रस्तुत

अ+ अ-

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताका माझमा राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गरेका छन् ।

हेटौँडामा राप्रपा नेपाल मकवानपुरले आज आयोजना गरेको बृहत् अन्तर्क्रियामा उनले देशका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गरेका हुन् ।

उनले भने, ‘अहिले देश नीतिगत, संरचनागत, आर्थिक दिशा अन्योलग्रस्त छ, सही दिशामा गइरहेको छैन ।’ विसं २००७ देखिको हालसम्मको राजनीतिक इतिहास हेर्ने हो भने हरेक १५र२० वर्षमा संविधान बदलिएकाले राजनीतिक स्थिरता नभएकाले संसदीय व्यवस्था पनि स्थायित्व नभएको यथार्थ रहेको तथा बहुदलीय व्यवस्था भए पनि सत्तामा जाने दलले राज्यको हरेक संवैधानिक अङ्गलाई आफ्नो अनुकूल बनाइ राज्य सत्तामा पकड बनाउँदा संसदीय व्यवस्थाले अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाको भनाइ छ ।

उनले शासन व्यवस्था प्रजातान्त्रिक भए पनि देशको आर्थिक अवस्था जनताले अपेक्षा गरेअनुसार उपलब्धि हुन नसकेको, राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार मौलाएका कारण देश कमजोर हुँदै गएकाले देशलाई सही दिशानिर्देश गर्न राप्रपा नेपालले देशभरि वैकल्पिक मार्गचित्र लिएर जनतामाझ आएको जिकिर गरे ।

उनले वैकल्पिक मार्गचित्रबारे जानकारी दिँदै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक आधारमा निर्वाचित संसद्को व्यवस्था, उदार अर्थतन्त्र, पारदर्शी जबाफदेही भ्रष्टाचारमुक्त प्रशासन, लोककल्याणकारी ग्रामीण अर्थतन्त्रमा सरकारको भूमिका, निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थव्यवस्था सञ्चालन गर्ने व्यवस्थाबाट देश सही दिशामा जाने दाबी गरे ।