निरन्तर ओरालो लाग्यो सेयर बजार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निरन्तर ओरालो लाग्यो सेयर बजार


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । बुधबार (आज) पनि सेयर बजार ओरालो लागेको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अङ्कले घटेर बजार २१३०.७१ अङ्कमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ ।

बुधबार २२७ कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार एक अर्ब ७ करोडमा खुम्चियो । कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य ओरालो लागेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।

घटेको बजारमा पनि मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने बलेफी हाइड्रोको मूल्य पनि ९.९४ प्रतिशतले बढ्यो । आज धेरै कमाउने अन्य कम्पनीमा नारायणी डेभलपमेन्ट बैङ्क, उपकार लघुवित्त र माउन्टेन इनर्जी हाइड्रो रह्यो ।

बुधवारको बजारमा धेरै गुमाउने कम्पनीमा शिखर इन्स्योरेन्स रह्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । यस्तै नेपाल इन्भेष्ट मन्ट बैङ्क, गुराँस लघुवित्त कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत हाराहारीले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस