माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थानीय तहमा पार्टीबाट निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौँ बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम राखेको हो ।

अभिमुखीकरण कार्यक्रम आज (बुधबार) काठमाडौँ कमलपोखरीको कुमारी फिल्म हलमा सुरु भएको छ ।

माओवादीले स्थानीय सरकार सञ्चालन, स्थानीय तहमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, कानुन र बजेट निर्माण शिक्षा, स्वास्थ्यलगायतका सेवा प्रवाहबारे अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्व मुख्यसचिव लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

माओवादी केन्द्रले देशभर १ सय २१ स्थानीय तहका मेयररअध्यक्ष जितेको छ भने १ सय २६ स्थानीय तहमा उपमेयररउपाध्यक्ष विजयी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस