निर्माणाधीन सडकमा पहिरो खस्दा २ मजदुर पुरिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्माणाधीन सडकमा पहिरो खस्दा २ मजदुर पुरिए


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । चैनपुर नगरपालिका-१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् ।

नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । 

स्काभेटरको प्रयोगबाट उनीहरूलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस