टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौँ फिर्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौँ फिर्ता


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । 

टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बिचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । 

फ्लाइट नम्बर-९५३ ‘ए-एनपी’ विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस