बाघको आक्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाघको आक्रमणबाट एक जनाको मृत्यु


१६ जेष्ठ २०७९, सोमबार


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार राप्ती–१ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा तामाङलाई आज दिउँसो बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस