भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने बालेनको प्रस्ताव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने बालेनको प्रस्ताव


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् ।

सोमबार बसेको पहिलो बैठकमा बालेनले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’

उनले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको उनले बताए ।

नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समेत उनले बताएका छन् । मेयर साहले काठमाडौँको फोहोर व्यवस्थापनलाई एजेन्डा बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस