तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।

‘स्थानीय शेर्पाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले भने, ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस