काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि हुँदै छ ।
जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बोर्डले कक्षा १२ को प्रश्न पत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छाडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्न पत्र परीक्षा केन्द्रले आफैँ प्रिन्ट गर्नुपर्नेछ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।