कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले पहिलो पटक जित्यो अवार्ड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले पहिलो पटक जित्यो अवार्ड


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक अवार्ड जितेको छ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको हो ।

अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले स्पेसल मेन्सन अफ द जुरी अवार्ड अवार्ड जितेको छ ।

कान्समा यस पटक १४० देशका ३ हजार ५०७ फिल्मले आवेदन दिएका थिए । जसमध्येबाट उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस