भरतपुरकी मेयर दाहाल दुर्घटनामा घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुरकी मेयर दाहाल दुर्घटनामा घाइते


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । भरतपुरकी नवनिर्वाचित मेयर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको छ । उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस