चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ? ईश्वर पोखरेल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ? ईश्वर पोखरेल


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने आशङ्का गरे ।

‘अहिले मार्केटिङ गर्न खोजिँदै छ । संसदमा विचाराधीन नागरिकता विधेयकको बारेमा यसलाई संवेदनशील मुद्दा बनाएर आफ्नो पक्षमा मार्केटिङ गर्ने कोसिस गरिँदै छ’, पोखरेलले भने ।

सरकारले नीति तथा कार्यक्रममा नागरिकता विधेयकलाई सहमतिको आधारमा छिटै टुङ्गोमा पुर्‍याउन पहल गर्ने उल्लेख गरेको छ । यही प्रसङ्गमा उपाध्यक्ष पोखरेलले टिप्पणी गरेका हुन् ।

‘केपी शर्मा अ‍ोलीले नेतृत्व गरेको सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ल्याएको अध्यादेशलाई किन अघि बढ्न दिइएन ? संसदीय समितिमा पनि कसका कारणले अघि बढ्न दिइएन ? मैले नाम लिइरहनुपर्दैन हामी सबै जानकार छौँ’ पोखरेलले प्रश्न गरे, ‘निर्वाचनलाई प्रभावित पार्ने हिसाबले अहिले फेरि विधेयक ल्याइँदै त छैन ?’

Tags :
प्रतिक्रिया दिनुहोस