१० महिनामा काठमाडौँ महानगरमा २५ करोड भत्ता र सुविधामा खर्च (सूचिसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१० महिनामा काठमाडौँ महानगरमा २५ करोड भत्ता र सुविधामा खर्च (सूचिसहित)


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो १० महिनामा करिब २५ करोड रुपैयाँ भत्ता र सुविधामा खर्च गरेको छ ।

कर्मचारी र जनप्रतिनिधिले प्रोत्साहन, सुविधा, भत्ता शीर्षकमा मनपरी खर्च गरिरहेको काठमाडौँ महानगरपालिकाको तथ्याङ्कले देखाउँछ ।

२०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूले अन्तिम आर्थिक वर्षको रूपमा काम गरेको बितेको १० महिनामा पनि ठुलो रकम सेवा सुविधामै खर्च गरेको पाइएको छ ।

अनुसार १ साउन २०७८ देखि ४ जेठ २०७९ सम्म महँगी भत्ता, कर्मचारीको बैठक भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, अन्य भत्ता, पदाधिकारी बैठक भत्ता, पदाधिकारी अन्य सुविधा र भत्ता शीर्षकमा करिब २४ करोड ८५ लाख १६ हजार खर्च भएको छ । यी भत्तामा कर्मचारी र पदाधिकारीले पाउने तलब र अन्य सुविधा जोडिएका छैनन् ।

महानगरपालिकाले महँगी भत्तामा ३ अर्ब ४२ करोड, कर्मचारी बैठक भत्तामा १७ लाख, कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा १६ करोड ५८ लाख, अन्य भत्तामा १ करोड ४६ लाख, पदाधिकारी बैठक भत्तामा ६८ लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ४८ लाख खर्च भएको देखिन्छ ।

हेर्नुहोस् बजेट तथा खर्च:

Tags :
प्रतिक्रिया दिनुहोस