हारको प्रमुख कारण अन्तर्घात : अध्यक्ष ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हारको प्रमुख कारण अन्तर्घात : अध्यक्ष ओली


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा आज (बुधबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका छन् ।

काँग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्‌रुपमा समीक्षा गरिनुपर्छ, अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार-चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौँ तर मेयर जित्न सकेनौँ । यो अन्तर्घातको कारणले हो ।’

वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रिया दिएका हुन् । ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस