बालेन एकाबिहानै मतगणनास्थलमा, बधाई दिनेको ओइरो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालेन एकाबिहानै मतगणनास्थलमा, बधाई दिनेको ओइरो


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ। काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् ।

अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस