२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिवा खाजा कक्षा ८ सम्म विस्तार गरिने

अ+ अ-

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने बताउँदै शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी हुन् ।

सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ भने कक्षा ११ र १२ मा एउटा पनि स्थायी दरबन्दी छैन । प्राविधिक धारका शिक्षण संस्थामा पनि शिक्षक अपुग छ ।

सरकारले गठन गरेको कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक अभाव रहेको औँल्याएको थियो । राष्ट्रपति भण्डारीले विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलाउन गरिने बताइन् ।

त्यस्तै सरकारले विद्यार्थी दिवा खाजालाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । हाल कक्षा ५ सम्मका सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा उपलब्ध गराउँदै आएको थियो । दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै प्रत्येक प्रदेशमा आवासीय विद्यालय स्थापना गर्ने, प्राविधिक धारका शिक्षालयको नक्साङ्कनसहित प्रत्येक स्थानीय तहमा पुर्‍याउने घोषणा गरेको छ । विश्वविद्यालयको वर्गीकरण गरी अनुदान उपलब्ध गराउने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विदेशी विद्यार्थी आकर्षित गर्ने विश्वविद्यालय र शिक्षण संस्थालाई विशेष प्रोत्साहन गरिने भएको छ भने प्रत्येक प्रदेशमा २ वटा मेडिकल कलेज स्थापना गर्ने बताइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको समन्वयमा डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने भएको हो ।