सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक सञ्जालहरुलाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् ।

सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रुपमा लागू गर्न सकेको छैन ।

यस्तै सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रुपमा ठूलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको हो ।

छिमेकी राष्ट्र भारतलगायत विश्वका अन्य देशहरूले समेत विभिन्न सामाजिक सञ्जाललाई आफ्नो देशमा औपचारिक रुपमा दर्ता गरेर कानुन र करको दायरामा ल्याउने प्रयासहरु सुरु गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस