नेप्से दोहोरो अङ्कले बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्से दोहोरो अङ्कले बढ्यो


१० जेष्ठ २०७९, मंगलबार


शेयर बजार

काठमाडौँ । मङ्गलवार (आज) सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ ।

सेयर बजार १६.३२ अङ्कले बढेर २२१७.१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मङ्गलवार कुल २२४ कम्पनीको कारोबार भएको छ ।

कुल २१ हजार ७०९ वटा कारोबार भएको यस दिन ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ । मङ्गलवार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मङ्गलवार व्यापार र म्यूचअफ फण्डबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहका लगानीकर्ताले कमाए ।

मङ्गलवार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.९५ प्रतिशतले बढेर १३१६ रुपैयाँ पुगेको छ । माथिल्लो तामाकोशीको ५.५८ प्रतिशतले वृद्धि भई ५०८ रुपैयाँ सेयर मूल्य पुगेको छ ।

विजय लघुवित्त, हिमालय ऊर्जा विकास कम्पनी, नारायणी विकास बैङ्कसहितका कम्पनीको भने सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैङ्कको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस