मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन


१० जेष्ठ २०७९, मंगलबार


विराटनगर । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदेश–१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् ।

खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मूल्य वृद्धिको विरोधमा मङ्गलवार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

मनलाग्दी भएको मूल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बताए ।

सङ्घीय सरकारले मूल्य वृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेको भन्दै खाली सिलिन्डर राखेर प्रदर्शन गर्नु परेको उनले बताए ।

प्रदर्शनका क्रममा स्थानीयले मूल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस