काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ला मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार सात सय ७६ मत ल्याएकी छन् ।
दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् ।