पोखरा महानगर : मतगणना नसकिँदै एकीकृत समाजवादीका आचार्य विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पोखरा महानगर : मतगणना नसकिँदै एकीकृत समाजवादीका आचार्य विजयी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

१ लाख ३८ हजार २११ मत गणना हुँदा मेयर पदका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत ल्याएका छन् भने थापाले ५१ हजार १८५ मत ल्याएका छन् । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस