वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अध्यक्ष बस्नेतले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानमा अध्यक्ष बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैङ्क खातामा समेत जम्मा नगरी २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस