२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको उपमेयर पदमा दोहोर्‍याएर मतगणना गर्न श्रेष्ठले दिए निवेदन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले पुनः मतगणना गर्न निवेदन दिएका छन् ।

उपप्रमुख पदमा नेपाली काँग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत सङ्केतलाई सदर मान्नुपर्ने जिकिरसहित श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना दोहोर्‍याएर गर्न मागसहितको श्रेष्ठको निवेदन परेको बताए ।

काठमाडौँ महानगरपालिका उपप्रमुख ठुलो संख्यामा मत बदर भएको छ । आइतबार दिउँसोसम्म मात्र उपप्रमुखमा ३६ हजार मत बदर भएको थियो । तीमध्ये ५० प्रतिशत रुख र कलम दुवैमा मत सङ्केत गरिएका छन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार एमालेकी सुनिता डङ्गोलले ३८३८४ मत ल्याउँदा श्रेष्ठले १३६३६ मत प्राप्त गरेका छन् । दुईजनाबीच को मतान्तर २४७४८ छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले भने गणना विधिवत् ढङ्गले नै भइरहेको बताए । उनले भने, ‘हामीले निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिका अनुसार नै मतगणना गरिरहेका छौँ । निर्देशिकामा एउटा मात्र उम्मेदवार चयन हुने पदमा दुई वटा मत सङ्केत भएको छ भने उम्मेदवार भएको वा नभएको जुनमा सङ्केत भए पनि बदर गर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार हामीले मत सदर वा बदर गर्दै आएका छौँ ।’

यसमा कुनै पनि निर्णय गर्न आवश्यक नरहेको खतिवडाले प्रस्ट्यायो ।

‘निवेदकलाई हामीले मौखिक रूपमा यसमा कुनै पनि निर्णय हुँदैन भनिसकेका छौँ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसमा केही पनि सम्बोधन हुन सक्दैन । उहाँले माग गरेको कुरा निर्देशिकाबाहिरको हो ।’

प्रतिक्रिया दिनुहोस