पाँच डिआइजी एआईजी बढुवाका लागि सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँच डिआइजी एआईजी बढुवाका लागि सिफारिस


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीका पाँच जना डिआइजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा आज (सोमबार) बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा डिआइजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् ।

प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएका सबै एआईजी हालका आइजिपी धीरजप्रताप सिंहका ब्याची हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस