ललितपुर महानगर अपडेट : २२,०३५ मत गन्न बाँकी, चिरिबाबुको फराकिलो अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगर अपडेट : २२,०३५ मत गन्न बाँकी, चिरिबाबुको फराकिलो अग्रता


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ ।

नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।

अब ललितपुर महानगरमा २२ हजार ३५ मतगणना गर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस