पोखरा महानगर : प्रमुखमा गठबन्धनका आचार्यकाे अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा महानगर : प्रमुखमा गठबन्धनका आचार्यकाे अग्रता कायमै


८ जेष्ठ २०७९, आइतबार


कास्की । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ ।

पोखरामा आज दिउँसो १ः०० बजेसम्मको मतगणनाको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् । आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि छन् । आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन् ।

यसै गरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ । उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन् । हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस