स्वतन्त्रबाट निर्वाचित अध्यक्ष प्यारीलाल शाहीले एक्लै लिए शपथ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वतन्त्रबाट निर्वाचित अध्यक्ष प्यारीलाल शाहीले एक्लै लिए शपथ


८ जेष्ठ २०७९, आइतबार


हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिएका छन् ।

हुम्लामा गत ६ गते शपथ कार्यक्रम थियो । संयुक्त रुपमा आयोजना गरिएको शपथ कार्यक्रममा सहभागी नभएका प्यारीलालले आज (आइतबार) मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश जगतबहादुर पौडेलबाट शपथ लिएका हुन् ।

प्यारीलाल गठबन्धनका साझा उम्मेदवार गोविन्दबहादुर शाहीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई एमाले र एकीकृत समाजवादीको समर्थन थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट अध्यक्षमा चुनाव लडेका प्यारीलाल माओवादी केन्द्रका धनलाल चौलागाईंसँग १७४ मतले पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस