२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराका पाँच पालिकामा एमाले, तीनमा काँग्रेस निर्वाचित

अ+ अ-

बाजुरा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीन वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।

जिल्लाका नौ पालिका नेकपा (एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ ।उसले बडीमालिका र बूढीनन्दा नगरपालिका सहित जगन्नाथ , गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो

काँग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो ।

हालको निर्वाचनमा काँग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमालेले विजय हुने भएको छ ।

बूढीगङ्गामा मतदान कि मतगणना

जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगरपालिकाका वडा नं २, ३, ५ र ९ वडामा काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ ।

एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णीत हुँदा मतदातामा निराशा छाएको छ ।

वैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाई पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा बुझाएका थिए । धाँधली भएका वडामा काँग्रेसले पुनः मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस