धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल भारी मतान्तरले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल भारी मतान्तरले विजयी


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।

हमालले निवर्तमान मेयर काँग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।

हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन् । निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस