काठमाडौँ ३१ मा एमाले विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ ३१ मा एमाले विजयी


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ।

निर्वाचन आयोगका अनुसार वडा नम्बर–३१ मा एमाले उम्मेदवार सरोज ढकालले ४७६७ मत ल्याएर वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

उनले नेपाली काँग्रेसका रवीन्द्र विक्रम रानालाई पराजित गरेका हुन् । रानाले २९९१ मत ल्याएका छन्।

काठमाडौँ एमालेले १, २, ३, ४, ५ ३१, र ३२ नम्बर गरी ७ वटा वडामा जित हासिल गरिसकेको छ ।

यसैगरी काँग्रेसले भने वडा नम्बर २७, ६, ८, २८, २९ र ३० गरी ६ वटा वडामा जितेको छ।

अहिले ७, ९, १०, ११, २४, २५ र २६ वडामा मतगणना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस