२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही सचिवको सरुवा : सिग्देल पुगे भौतिक, ऊर्जाका लागि दौडधुप !

अ+ अ-

काठमाडौँ । सरकारले केही सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फ केही सचिवको सरुवा गरेको सिंहदरवार प्रशासन उच्च स्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा नेपाल ट्रष्टका सचिव गोपाल सिग्देललाई ल्याइएको छ भने श्रेष्ठ ट्रष्टमा पुगेका छन् । यद्यपि निर्णय गोप्य नै राखिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यही जेठ ४ गतेबाट अनिवार्य अवकाशमा गएसँगै रिक्त सचिव(ऊर्जा) मिलाउने क्रममा करिब आधा दर्जन जति सचिवहरूको लिगलिग सुरु भएको थियो ।

भौतिकसँगै आकर्षक मन्त्रालयको रूपमा लिइने ऊर्जा सचिवकालागि भने सहमति जुटी नसकेको ती स्रोतको भनाई छ । जलस्रोत तथा ऊर्जा आयोगका सचिव दिनेश कुमार घिमिरे, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुशील चन्द्र तिवारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव(विज्ञान तथा प्रविधि) प्रमीला देवी बज्राचार्य दौडमा रहेपनि ‘मन्त्री’ तथा ‘शक्तिकेन्द्र’ले रोजी नसक्दा टुङ्गोमा लागिसकेको छैन ।

सचिव सिग्देलले ‘जुन दिन सकिन्छ भौतिकमै जाने तर अन्यत्र नजाने’ भनेसँगै रिक्त ऊर्जामा कसको हुने भन्ने यकिन हुन सकेको थिएन तर उनको भौतिकमा भएसँगै खेलले अर्कै मोड लिएको छ । सिग्देलले भौतिक भेटाएपछि त्यहाँका सचिव श्रेष्ठ अब ऊर्जाको लागि लागि परेका छन् । ट्रष्टको निर्णय सच्याएर ऊर्जामा आउने दाउमा रहेको र ‘निर्णय सार्वजनिक नभइसकेकोले सोमबारसम्म सरुवा फेरबदल हुन सक्ने सम्भावना उच्च’ रहेको ती स्रोतको दाबी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, गृह मन्त्री बालकृष्ण खाँण, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ र स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाबिच शुक्रवार भएको गोप्य छलफलमा जल तथा ऊर्जा आयोगका सचिव घिमिरेलाई ऊर्जा सचिव बनाउने सहमति भएपनि पछिल्लो घटनाक्रममा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले घिमिरेलाई नरुचाएपछि सतर्कता केन्द्रका सचिव तिवारीले उर्जा भेटाउने सम्भावना बढेर गएको छ ।

यद्यपी यसअघि उर्जामै ल्याउन सजिलो हुने गरी आयोग आएका भएपनि परिस्थितिले अर्कै मोड लिएसँगै सिंढी ओर्लन घिमिरेलाई हम्मे हम्मे परेको छ । ‘अहिलेसम्मको अपडेटअनुसार घिमिरे रिङ आउट भईसके’, स्रोत भन्छ, ‘सोमबारसम्म थप चलखेल भएन भने अहिलेसम्मका अनुसार तिवारी नै ऊर्जा सचिव हुनेछन्’

‘मन्त्रीज्यूले हामी छलफल गरेर नाम दिन्छौँ भन्नुभएको छ’, उच्च स्रोतले प्रशासनलाई भन्यो, ‘सम्भवतः सोमबार सार्वजनिक हुन्छ होला ।’

कर्मचारीको सरुवा नियमित प्रक्रिया भएपनि पछिल्लो समय सबैभन्दा ठुलो दौडधुप र चलखेल सरुवामै हुने गरेको छ । क्याडर बेस भन्दा पनि ‘रोजाई’ र ‘खोजाई’मा पर्न थालेपछि स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र अस्थिर त बनेको छ नै, त्यसको प्रत्यक्ष मार सेवा प्रवाहमा पर्ने गरेको छ । यसरी सरुवा गरिँदा स्वयं सरकारको परफरमेन्स नै घट्दोक्रममा भएपनि क्षणिक लाभहानीमै अल्झिँदा हतारमा निर्णय गर्ने फुर्सदमा पछुताउने भनेजस्तै बन्दै आएको छ ।