बाराकाे कलैयाका मेयर उपमेयरलाई तौल बराबरको लड्डुले स्वागत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाराकाे कलैयाका मेयर उपमेयरलाई तौल बराबरको लड्डुले स्वागत


७ जेष्ठ २०७९, शनिबार


बारा । बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

वडा नं. १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् ।

चुनाव जितेर विजयी र्‍यालीमा वडा नं. मा पुगेका तीनै जनालाई महमद गजनी ठकुराइले उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डु दिइएको थियो । त्यो लड्डु पछि उपस्थित समर्थकलाई बाँडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस